Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फाइभजी भिजनमा आधारित एनसेलको ‘सधैँ अन’ योजना सार्वजनिक

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’ मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ ।

सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत सीईओ जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताए ।

सीईओ कायुमोभले भने, ‘उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, । धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबारलगायत अनलाइनबाटै गर्ने भएकाले सधैँ इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौँ ।’

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’ का लागि तयार पार्नु रहेको सीइओ कायुमोभले बताए । फाइभजीको द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ ।

योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने कम्पनीले बताएको छ । मोबाइल ब्रोडब्याण्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा रहेको छ ।

‘सधैँ अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत सात दिनको समयसीमा रहेको ९८ बाट सुरू हुने योजनादेखि २८ दिन समयावधि रहेको १४९९ पर्नेसम्मका स्किम छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077