Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार परिसूचक नेप्सेमा गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ।

साताको पहिलो कारबार दिन आइतबारदेखि निरन्तर उकालो लागेको नेप्से चौथो दिन घटेर बन्द भएको हो।

नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले गिरावट आएर ३५८.०९ विन्दुमा अडिएको छ।

यसदिन ३१५ स्क्रिप्सको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँमा खरिदबिक्री भए।

झन्डै दोहोरो अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077