Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सांसदबीच आगामी जेठ ६ गते प्रश्नोत्तर हुने

    प्रधानमन्त्री प्रचण्ड र सांसदबीच आगामी जेठ ६ गते प्रश्नोत्तर हुने

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 369
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

    प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।



    यसका साथै त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ ।



    प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

    त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ ।

    प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले पहिले नै प्रश्न लिखित रूपमा संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार