विराटनगर । भारत लैजाँदै गरेको २५० किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।
बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाल-भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि प्रहरी पुगेको थियो ।
भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो ।
प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।
Leave a Reply