काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ ।
विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले पार्क हिल मैदानमा मंगलबार भएको खेलमा भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको हो ।
घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे।
दीपेन्द्रसिंह ऐरीले ५२ तथा सोमपाल कामीले ३२ रन बनाए। नेपालले विनवार्ड्स भोलक्यानोजसँगै भोलि र शनिबार गरी थप २ अभ्यास खेल खेल्ने छ।
Leave a Reply