Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सकिँदै छ । मंगलबारबाट सुरु भएको बैठक आज सकिने भएको हो ।

जारी बैठकमा मंगलबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही दस्ताबेजमाथि केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भइरहेको छ ।

आजको बैठकमा समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077