काठमाडौँ । सत्ता घटकमा रहेका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नवगठित जनता समावजादी पार्टीका अध्यक्ष अशोक राईले नीति तथा कार्यक्रम सकारात्मक रहेको बताएका हुन् ।
उनले मुलुकका लागि केही गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हुटहुटी यसले बोकेको बताए । उनले यसमा धेरै विषयस्तु समेटिएकाले सकारात्मक भएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आशालाग्दो भएको र यसले अर्थतन्त्रलाई कसरी सुधार ल्याउने विषय प्राथमिकतामा राखेकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
Leave a Reply