Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराका वडाअध्यक्षलाई ३० लाख घुस दिएको ठेकदारको बयान

काठमाडौं । पेस्तोलसहित पक्राउ परेका एक ठेकदारले पोखराका वडाअध्यक्षलाई आफुले ३० लाख रुपैयाँ भन्दा धेरै घुस दिएको बयान दिएका छन् ।

ठेकदार मिम सिंह लामाले पोखरा महानगरपालिकाको वडा नम्बर २६ का वडाअध्यक्ष नरेन्द्र थापामाथि यस्तो आरोप लगाएका हुन् ।

लामालाई बौद्ध प्रहरीले गत ६ बैशाखमा पेस्तोलसहित पक्राउ गरेको थियो । बयानको क्रममा आफुलाई काम गर्न वडा अध्यक्ष थापाले अवरोध गरेको र उनलाई खुशी बनाउन ३० लाख रुपैयाँ भन्दा धेरै रकम दिएको बताएका हुन् ।

त्यती दिदा पनि सडकको ठेक्का काममा असहयोग गरेको र धम्की दिने गरेकाले आफुले पेस्तोल बोकेर हिड्न थालेको उनको दाबी छ ।

लामाको स्वच्छन्द सपना वल्ड वाइड जेभीले पोखरामा तालचोकदेखि बेगनाससम्मको तीन किलोमिटर सडक र दुई वटा पुल बनाउने ठेक्का ७५ करोड ४८ लाख रुपैयाँमा पाएको थियो ।

तर, उनले समयमा काम गर्न सकेका छैनन् । बयानको क्रममा ठेकदार लामाले वडाअध्यक्ष लामाको असहयोगका कारण काममा ढिलाई भएको बताएका हुन् । वडाअध्यक्षले भनेका व्यक्ति समुन्द्र बिक्रम बराललाई आफुले ३० लाख रुपैयाँ दिएको उनको दाबी छ ।

उनले बयानमा भनेका छन्,‘मैले निज वडा नम्बर २६ का वडाअध्यक्षलाई खुशी पार्न निजले भनेको व्यक्ति समुन्द्र बिक्रम बराललाई समेत निजले भनेअनुसार रु ३० लाख जम्मा गरिदिएको र समय समयमा भनेअनुसार आर्थिक सहयोग समेत गर्दै आएको भएता पनि मैले निजबाट अपेक्षाअनुसार सहयोग पाएको थिएन ।’

यो विषयमा प्रहरीले वडा अध्यक्ष थापाको भने बयान गराएन । अनुसन्धानमा घुस लेनदेनको विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउनुपर्ने भएपनि बौद्ध वृत्तका डिएसपी राजु पाण्डेले यसतर्फ चासो नदिई ठेकदार तामाङविरुद्ध फितलो अनुसन्धान गरी मुद्दा दायर गरेका छन् ।

यस्तो छ ठेकदार तामाङको बयानको सारांशः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077