Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • छानबिन समिति नबनेसम्म संसदमा हाम्रो विरोध जारी रहन्छ : सुशीला थिङ

    छानबिन समिति नबनेसम्म संसदमा हाम्रो विरोध जारी रहन्छ : सुशीला थिङ

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 498
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगीबारे संसदीय छानबिन समिति नबनेसम्म संसदमा विरोध जारी रहने बताएकी छन् ।

    मंगलबार संघीय संसदको संयुक्त बैठकमा बोल्दै सचेतक थिङले यस्तो बताएकी हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने बताइन् ।



    तर, त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिन बस्ने प्रतिनिधिसभा बैठक भने अवरोध गर्ने उनले सभामुख देवराज घिमिरेलाई जानकारी गराएकी छन् ।



    सचेतक थिङले भनिन्,‘कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्छ । तर, त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ । छानबिन समिति नबनेसम्म संसदमा हाम्रो विरोध कार्यक्रम रहिरहन्छ ।’

    उक्त छलफलमा नेपाली कांग्रेसकी सचेतक थिङ, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।

    दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार