Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • एम्बुलेन्स दुर्घटना हुँदा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

    एम्बुलेन्स दुर्घटना हुँदा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 624
    SHARES

    फाइल तस्विर

    कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ ।

    कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्युु भएको हो ।



    दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको छ ।



    गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् ।

    एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार