Online Nepal
  • मंगलबार, ८ माघ २०८१
  • मुम्बईमा होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

    मुम्बईमा होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    एजेन्सी । मुम्बईको घाटकोपर क्षेत्रमा होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । सोमबार साँझ मुम्बईमा अचानक धुलोले भरिएको आँधी आयो र वर्षा भयो जसका कारण शहरका धेरै ठाउँका होर्डिङबोर्ड खसेको थियो।

    मुम्बईको घाटकोपरमा पेट्रोल पम्पमा १०० फिट अग्लो र २५० टनको अवैध होर्डिङबोर्डले थिचेर १४ जनाको मृत्यु भएको बताइएको छ ।



    दुर्घटनाको जानकारी पाएलगत्तै एनडीआरएफ (राष्ट्रिय विपद् प्रतिक्रिया बल) को टोलीले तुरुन्तै घटनास्थलमा पुगेर होर्डिङमुनि च्यापिएका मानिसहरूको उद्धार गरेको थियो।

    ग्रेटर मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) का अनुसार कुल ८८ जनालाई होर्डिङ मुनिबाट उद्धार गरिएको छ । ४३ जना अझै अस्पतालमा भर्ना छन् भने ३१ जना डिस्चार्ज भएका छन् । उद्धार कार्य अझै जारी रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार