Online Nepal
  • बुधबार, २ माघ २०८१
  • कुर्दिस्तानबाट पक्राउ परे कुख्यात मानव तस्कर ‘बिच्छी’

    कुर्दिस्तानबाट पक्राउ परे कुख्यात मानव तस्कर ‘बिच्छी’

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    एजेन्सी । युरोपका एक कुख्यात मानव तस्कर स्कोर्पियन (बिच्छी) भनिने बार्जान मजिद इराकमा पक्राउ परेका छन् । उनलाई आइतबार बिहान इराकको कुर्दिस्तानबाट पक्राउ गरिएको हो ।

    उनलाई आइतबार बिहान ७ बजे उनको घर बाहिर पक्राउ गरिएको कुर्दिस्तान सरकारका अधिकारीहरूले बताएका छन् ।केही दिनअघि बीबीसीले उनीबारे एक विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो ।



    जसमा उनले आफूले १ हजार वा १० हजार मानिसलाई अंग्रेजी च्यानल पार गरेँ भन्ने कुरा थाहा नभएको र आफूले नगनेको बताएका थिए ।



    उनले सुरुमा आप्रवासीलाई बेलायतमा पुर्याउने गरेकोमा पछि टर्कीबाट युरोपका अन्य देशमा पनि मानव तस्करी गर्ने गरेका थिए । अहिले भने उनी इराकको कुर्दिस्तानमा मनि एक्सचेन्ज खोलेर बसिरहेको बीबीसीले जनाएको थियो । बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार