काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन् ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजहरूको छलफलका लागि सोमबार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे ।
पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि उनको भनाई छ ।