काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ खुवाएका हुन् ।
त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शपथ खुवाएका हुन् ।
जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए ।
उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।
Leave a Reply