काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने बताएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलपछि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
सहकारी ठगीबारे आफूमाथि लागेका आरोपबारे संसदमा बोलेपछि संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने गृहमन्त्री लामिछानेले बताए ।
गृहमन्त्री लामिछानेले भने, ‘एक पटक जवाफ दिन पाउनुपर्छ, त्यसपछि अरु कुरा गर्न सकिन्छ ।’
गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।
भोलि १ जेठको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।
त्यसको अघिल्लो दिन संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पमकम दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने बताए।
Leave a Reply