काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेताहरु छलफलमा जुटेका छन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेबीच छलफल जारी छ।
सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।
संसदको गतिरोध अन्त्य सरकारको भूमिकामा निर्भर हुने कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।
तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग संवाद गर्ने बताइएको छ ।
कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्ड छानबिन समितिप्रति सकारात्मक रहेपनि सत्ताको प्रमुख दल एमाले समिति बनाउन नहुने पक्षमा छ ।
Leave a Reply