काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त बरालले राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले बराललाई चितवन कार्यालयमा ९ महिनाअघि सीईओको नियुक्त गरेका थिए ।
बरालले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए ।
गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए । उनलाई एक वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको रास्वपा स्रोतले बतायो ।
Leave a Reply