Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की

    भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 561
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा बम विस्फोट गराउने धम्की आएको छ ।

    धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाइ बोलाएको छ । इमेलमा प्राप्त धम्कीले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो ।



    प्रहरी कारबाहीमा उत्रिएको छ र खोजी गर्न विद्यालयमा धेरै बम डिस्पोजल स्क्वाड र स्निफर कुकुरहरू पठाएको छ । तथापि अहिलेसम्म शङ्कास्पद केही पनि फेला परेको छैन ।



    प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो । जयपुरका पुलिस कमिश्नर बिजु जर्ज जोसेफले मिडियालाई चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको बताए ।

    प्रहरी विद्यालयहरूमा पुगिसकेको छ । अन्तिम समाचार नआएसम्म विद्यालयमा खोजी कार्य जारी रहेको थियो । इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो । यसै महिनाको सुरुमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए ।

    यसबाट ठूलो त्रास बढेको थियो । सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की प्राप्त भएको थियो । पछि ती धम्की अफवाह साबित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार