Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • भारतमा चौथो चरणको मतदान जारी, १७ सय १७ उमेदवार चुनावी मैदानमा

    भारतमा चौथो चरणको मतदान जारी, १७ सय १७ उमेदवार चुनावी मैदानमा

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 684
    SHARES

    एजेन्सी । भारतीय लोकसभा अन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ।

     १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि  बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। 



    आज समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायत १७ सय १७ उमेदवार चुनावी मैदानमा छन्।



    आजको चुनावमा १९ लाखभन्दा बढी मतदान केन्द्र छन्। १७ करोड ७० लाख मतदाताले मतदान गर्नेछन्। 

    लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि अप्रिल १९ देखि सुरु भएको मतदान  सात चरण अर्थात् जुन १ सम्म हुनेछ। सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ। 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार