काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते (आज) खोप दिने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको हो ।
अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको बताइएको छ ।
खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ ।
Leave a Reply