Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कुतर्क कसैले पनि नगरौं, जीबी राईलाई ल्याउन पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    कुतर्क कसैले पनि नगरौं, जीबी राईलाई ल्याउन पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 510
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

    आइतबार चितवनको भरतपुर विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,’कुतर्क कसैले पनि नगराैं । जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ । पासपाेर्टकाे इस्युले गर्दा समस्या भएकाे हाे । त्यसलाई हल गर्न खाेजिँदैछ । अघिल्लाे सरकारले, प्रधानमन्त्रीले र अघिल्लाे गृहमन्त्रीले भगाएकाे भन्नु बेतुककाे तर्क हाे ।’

    प्रधानमन्त्री प्रचण्डले जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे ।कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    उनले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार