Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अल्लु अर्जुनविरुद्ध फौजदारी मुद्दा दर्ता

    अल्लु अर्जुनविरुद्ध फौजदारी मुद्दा दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 759
    SHARES

    एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दायर भएको छ ।

    आफ्ना निकट मित्र र वाईएसआरसीपीका विधायक रवि चन्द्र किशोर रेड्डीको लागि चुनावी प्रचारप्रसार गर्दा उनीमाथि मुद्दा लागको हो ।



    अल्लु लोकसभाको निर्वाचनको प्रचारप्रसार गर्न नन्दयाल पुगेका थिए । रवि चन्द्राको आवासमा अभिनेतालाई हेर्नेको घुइँचो थियो ।



    फ्यानहरुको भीड यति धेरै थियो कि शान्ति व्यवस्था कायम गर्न अप्ठ्यारो भयो भने ट्राफिक जाम पनि भयो । यसका कारण सर्वसाधारणले निकै सास्ती भोग्नु पर्‍यो ।

    अभिनेता अल्लु अर्जुन र रवि चन्द्र किशोर रेड्डीको टोलीले चुनाव प्रचारप्रसारका लागि कुनै अनुमति लिएका थिएनन् ।

    त्यसैले दुबैमाथि आईपीसीको धारा १८८ अनुसार मुद्दा दायर गरिएको छ । चुनाव प्रचारप्रसारमा अल्लु अर्जुनसँगै उनकी श्रीमती स्नेहा पनि थिइन् ।

    ठुलो भीडका कारण मामिला अनियन्त्रित बनेपछि मुद्दा दर्ता भएको बताइएको छ । हाल यस सम्बन्धमा थप जानकारी प्राप्त भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार