Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता कोइराला र महामन्त्री थापाबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ ।

आज बिहान नेता कोइरालाको सचिवालय विशालनगरमा कोइराला र महामन्त्री थापाबीच भेटवार्ता भएको हो ।

भेटमा पार्टी भित्रको आन्तरिक राजनीति, समसामयिक राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोधका बारेमा छलफल भएको छ।

महामन्त्री थापाले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराएका थिए।

कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुपर्ने तर्क गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077