Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कुम ठोक्किएको विषयमा विवाद हुँदा शम्भुको हत्या, पक्राउ परे चार नाबालक

    कुम ठोक्किएको विषयमा विवाद हुँदा शम्भुको हत्या, पक्राउ परे चार नाबालक

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कुम ठोक्किएको विषयमा विवाद हुँदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको खुलेको छ।

    काठमाडौं महानगरपालिकाको बत्तिसपुतलीस्थित कुमारी मन्दिर जाने गल्लीमा शनिबार राति दुई पक्षबीच झडप भएको थियो।



    झडप हुँदा मोरङ घर भई विजयचोक क्षेत्रमा बस्ने २४ वर्षीय शम्भु धिमालको मृत्यु भने सोही ठाउँमा बस्ने २३ वर्षीय मनिष चौधरी घाइते भएका छन्।



    प्रहरी वृत्त गौशालाले यस घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाका अनुसार पक्राउ परेका चारै जना नाबालक रहेका छन्।

    उनीहरूले आफूहरू नाबालक रहेको दाबी गरेका छन्। जसबारे प्रहरीले भेरिफाइ गर्ने काम गरिरहेको छ। चार जनाको समूह गएराति बाटोमा हिँडिरहेको थियो।

    विपरीत दिशाबाट शम्भु र मनिष हिँडिरहेका थिए। उनीहरू एकआपसमा ठोक्किएपछि किन ठोक्किएको भन्ने विषयमा उनीहरूबीच कुटाकुट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    चार जनामध्ये एक जनाले चक्कु निकालेर दुबै जनामाथि प्रहार गरेका थिए। चक्कुले शम्भुको छाती र पेटमा चोट लागेको थियो। मनिषको भने हातमा लागेको हो। शम्भुको उपचारको क्रममा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार