Online Nepal
  • आइतबार, २० असोज २०८१
  • संसदको गतिरोध अन्त्य गर्न कांग्रेस सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

    संसदको गतिरोध अन्त्य गर्न कांग्रेस सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 390
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गरी नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने बताएका छन् ।

    आइतबार बिहान कांग्रेस नेतृत्वसँग भएको छलफलपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गरे।



    जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

    तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले  भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार