बुटवल । मध्यरातमा अचानक आएको बाढीले बुटवलका विद्यालय, उद्योग र दर्जनौं निजी घर प्रभावित भएका छन् ।
भारी वर्षाले हाटबजारलाइन नजिकका रुपन्देही उद्योग संघको सचिवालय, राष्ट्रिय समाचार समिति र बस समितिको कार्यालयका भुइँतलामा बाढी पसेको छ ।
यस्तै मुख्य व्यापारिक केन्द्र अमरपथमा सोह्र छत्तीस कुलोको नहर थुनिँदा बजार क्षेत्रमा फोहोर लेदोसहितको बाढी पसेर आउजाउमा असर पुर्याएको छ ।
बाढी पसेर कक्षाकोठा एवं विद्यालय कम्पाउण्ड नै डुबानमा परेपनि निजी क्षेत्रको सबैभन्दा ठूलो विद्यालय न्यू होराईजनले आइतबार विद्यार्थीलाई बिदा दिएको छ ।
Leave a Reply