सप्तरी। नेपाल बैंक लिमिटेडको सुरक्षा गार्डको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
बिहीबार सप्तरीमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको थियो ।
प्रहरीले उनको हत्या आरोपमा मकवानपुरबाट चन्द्र सुवेदीलाई पक्राउ गरेको हो ।
सुवेदीलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको थियो।
गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो ।
तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।
Leave a Reply