Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन् : मिथुन चक्रवर्ती

    सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन् : मिथुन चक्रवर्ती

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 627
    SHARES

    एजेन्सी । अभिनेता मिथुन चक्रवर्तीले सलमान खानले कहिल्यै बिहे नगर्ने बताएका छन् । टिभी रियालिटी शो सारेगामापाको कार्यक्रममा बोल्दै चक्रवर्तीले यस्तो बताएका हुन् ।

    चचक्रवर्तीले सलमान निकै चकचके स्वभावको रहेको बताए । उनले युवतीहरूलाई बेवकुफ मात्रै बनाउँछन् । यता केटीहरू भने उनको व्यक्तित्वबाट मोहित हुन्छन् र विवाहको सपना देख्न थाल्छन् ।



    सलमानले उनलाई धेरै माया गर्ने मिथुनको भनाई छ । सुटिङको क्रममा सलमानले उनलाई राति पनि एक्लै छोड्दैनन्, रमाइलो र ठट्टा गरिरहन्छन् ।



    सलमानको बिहेबारे उनले भने, ‘सलमानले कहिल्यै बिहे गर्दैनन् तर सबैलाई खुराक दिन्छन् (उनी केटीहरूलाई बेवकुफ बनाउँछन्)। केटीहरू सोच्छन् कि यस्तो सुन्दर सुपरस्टार छ, उसले उनीहरूसँग विवाह गर्नेछ। तर त्यो भाइले त्यसो गर्दैन, म ग्यारेन्टी दिन्छु, उसले बिहे गर्दैन।’

    सलमान अन्तिम पटक कट्रिना कैफसँग फिल्म टाइगर ३ मा देखिएका थिए । उनी अब आगामी वर्ष रिलिज हुन लागेको फिल्म सिकन्दरमा देखिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार