Online Nepal
  • बुधबार, २६ मंसिर २०८१
  • हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

    हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ बैशाख २०८१
  • 552
    SHARES

    फाइल तस्विर

    संखुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

    आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको हो ।



    मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।



    घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार