चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन्।
शनिबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले सहकारी प्रकरणमा छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्ने बताए।
गृहमन्त्री लामिछानेले भने,’छानबिन समिति बनाए पनि हुन्छ । तर संसद्मा बोल्न पाउनुपर्छ । नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन ।’
गृहमन्त्री लामिछानेले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए।
सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए। निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए।
Leave a Reply