चितवन । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले नै भगाएको आरोप लगाएका छन्।
आज बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने बताएका हुन् ।
गृहमन्त्री लामिछानेले भने,‘नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि !’
उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए ।
गृहमन्त्री लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताए ।
Leave a Reply