Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजीद्वय गिरी र राईको सरुवा, ढकाल र जोशीको पदस्थापन

काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुईजना एआईजीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीद्वय सुदीप गिरी र टेक प्रसाद राईलाई सरुवा गरेको हो ।

स्रोतका अनुसार प्रदेश समन्वय विभागमा कार्यरत एआईजी गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईलाई प्रशासन विभागमा पठाइएको छ ।

यस्तै आजै एआईजीमा बढुवा भएका भीम प्रसाद ढकाल र उमेश राज जोशीको पनि पदस्थापन गरिएको छ ।

एआईजी ढकाललाई मानवश्रोत विकास विभाग र जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077