काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
जुन मूल्य बुधबार पनि कायमै रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको भाउ पनि स्थिर रहेको छ ।
महासंघका अनुसार सोमबार तोलामा १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार पनि चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमै कारोबार भएको हो ।
Leave a Reply