Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव नेतृत्वको जसपा अदालत जाँदै, केन्द्रीय कार्यकारिणी बैठक पनि बस्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो ।

दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ। साथै पत्रकार सम्मेलन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमै आयोजना गरिएको छ ।

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए । नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।

तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077