Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बसेको थियो ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरूलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने बैठके निष्कर्ष निकालेको छ ।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077