Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाउने भन्दै एक करोड ठगी, तेजराम झम्सिखेलबाट पक्राउ

काठमाडौं । अमेरिका पठाउने भनी एक करोड १८ लाख ५९ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका एकजना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-७ झम्सिखेलबाट ४१ वर्षीय तेजराम चौधरी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई अमेरिका पठाउन ब्राजिलको टेक्सटाइल कम्पनीमा वर्किङ भिसामा काम गर्नुपर्ने भनी श्रम स्वीकृत समेत निकाली फिलिपिन्स हुँदै जानुपर्छ भनेर पीडित चार जनाबाट पटक पटक गरी चौधरीले सो रकम लिएका थिए ।

प्रहरीका अनुसार उनीहरूलाई फिलिपिन्सको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको थियो । पीडितमध्ये महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077