Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वको उत्कृष्ट ५० क्लबको सूचीमा एलओडी

काठमाडौं । ठमेलस्थित एलओडी क्लब फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औं स्थानमा परेको छ। केही समय अघि एलओडी डिजे म्याग टप १०० को नोमिनेसनमा परेको थियो।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो।

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागीता रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।

यसअघि सन् २०२२ का लागि एलओडी सय क्लबले ५२औं स्थानमा प्रवेश पाएको थियो। यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५०औं स्थानमा पर्न सफल भएको क्लबका संस्थापक भूपेन कुँवरले बताए।

उनका अनुसार क्याम्पियनमा पाँच सय क्लब सहभागी भएका थिए। केही दिनअघि विश्वका उत्कृष्ट क्लबहरूको श्रेणी स्थान सार्वजनिक गरिएको हो।

सय वटा उत्कृष्ट सय क्लबको सयौँभित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077