Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले भन्यो – सहकारी प्रकरणमा व्यक्ति केन्द्रित छानविन समितिको समर्थन गर्न सकिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

रास्वपाले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको दाबी गरेको छ ।

संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भएपनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077