एजेन्सी । ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने १०३ जना अझै पनि सम्पर्कविहीन रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि बाढी आएको हो ।
बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् ।
Leave a Reply