Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी वैशाख २१ गते बसेको बैठकले पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाएको हो ।

उनीहरुले पार्टी परित्याग गरेको हुनाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

यस्तै माओवादीले दवर बहादुर क्षेत्री (डि.वी. क्षेत्री – ओमान) लाई रिक्त रहेको पार्टीको पूर्ण केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यस्तै कौशलेन्द्र शर्मा (महोत्तरी) लाई रिक्त रहेको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्यमा मनोनित गरिएको छ ।

यसैबीच माओवादी केन्द्रको एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ओम शर्माले पाएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077