कास्की । कास्कीको पोखराबाट बलात्कार मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–७ घर भएका पूर्णबहादुर गुरुङ छन् । ३७ वर्षीय गुरुङलाई १६ वर्षपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
कास्की जिल्ला अदालतले २०७९ कार्तिकमा उनलाई ११ वर्ष कैद र २५ हजार जरिवाना तथा २ हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
उनी पोखरा महानगरपालिका–१५ स्थित क्रान्तिटोलमा बस्दै आएका थिए ।