Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेरामा बस्नेको ल्यापट, मोबाइल र सुन चोरेको आरोपमा दुईजना समातिए

काठमाडौँ । काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–२० बस्ने ३७ वर्षीय जोन खड्गी र काठमाडौँ महानगरपालिका–३० मैतीदेवी बस्ने ३४ वर्षीय सञ्जय खड्गी पक्राउ परेका हुन् ।

गत वैशाख १६ गते दिउँसो ताहाचलस्थित सविना खड्काको डेराबाट ल्याप्टप, मोबाइल फोन र २ तोला सुनसहित गरगहना चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा जोन र सञ्जयले चोरी गरेको खुलेको थियो । उनीहरूलाई शनिबार साँझ धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077