Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार परिसूचक नेप्सेमा साढे २४ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स १.३६ प्रतिशतले घटेर ३५१.१८ विन्दुमा पुगेको छ।

यसदिन ३१६ स्क्रिप्सको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भए।

दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढ्यो। यसैगरी साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको ८.७२ प्रतिशले बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। यो कम्पनीको १२ करोड ६४ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

यसैगरी हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख,पोखरा फाइनान्सको ११ करोड ७० लाख,आईएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख र साइन रेसुंगा डेभलपमेन्टको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन कारोबारमा आएका ४२ स्टकको मूल्य बढ्दा १९६ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077