Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077