Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

जनकपुरधाम । सिरहामा घरायसी विवादमा बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका– १० डण्डाटोलका २४ वर्षीय रञ्जन भन्ने जितेन्द्र यादव पक्राउ परेका हुन् ।

मंगलबार राति करिब १० बजे घरायसी विवादमा ५१ वर्षीय चन्दर यादवलाई उनका छोरा जितेन्द्रले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका चन्दरलाई विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार बिहान करिब पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जितेन्द्रलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077