Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • थमन विक हत्या प्रकरणमा लोसपा सांसद शर्मा निलम्बित

    थमन विक हत्या प्रकरणमा लोसपा सांसद शर्मा निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 789
    SHARES

    वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् ।

    सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका नेता शर्मालाई निलम्बन गरिएको हो ।



    शर्मालाई अदालतबाट जन्मकैदको फैसला भएकोले उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको यो सूचना सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ।’

    शर्मालाई प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरिएको हो ।

    अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा शर्मालाई दोषी ठहर्‍याउँदै जन्मकैदको फैसला सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार