Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

    मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 600
    SHARES

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ।

    मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो । शुक्रबार अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।



    प्रदेश सभा सचिवालयले तेस्रो अधिवेशनको दशौं बैठक बस्ने भन्दै सूचना निकालेको थियो। तर बैठक स्थगित भएको छ। बैठक शनिबार अपराह्न ५:३० बजेसम्मका लागि स्थगित भएको हो।



    विश्वासको मतका लागि सत्ता गठबन्धन दलभित्र मुख्यमन्त्रीले छलफल गरेका थिएनन्। सत्ताघटक नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार नै विश्वासको मत नलिन भनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार