काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आईसीसी टी–२० विश्वकप खेल्न जाने खेलाडीहरुको बिदाई गरेका छन् ।
अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय क्रिकेट टोलीमा छनौट भएका नेपाल प्रहरीका ६ जना खेलाडीहरूलाई आईजीपी कुँवरले बिदाई गरेका हुन्।
आईजीपी कुँवरले कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी,ललित राजवंशी,करन केसी र गुल्सन झालाई बिदाई गरे ।
टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।
टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।
Leave a Reply