Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण हुन दिन्न : प्रधानमन्त्री प्रचण्ड

    प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण हुन दिन्न : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 408
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिने बताएका छन्।

    नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियममा बस्नुपर्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ। सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौं।’

    प्रधानमन्त्री प्रचण्डले असत्य, भ्रामक र मिथ्या सूचनाले समाजलाई भ्रमित तुल्याउने र नकारात्मक मानसकिताको विकास गराउने तथा सामाजिक सद्भाव विथोल्ने भएकाले स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई आग्रह गरे।

    महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार