Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पाकिस्तानमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

    पाकिस्तानमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 474
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन्।

    प्रहरीका अनुसार शुक्रबार बिहान ५:३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो।



    रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ।



    तीव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनालाई लिएर शोक व्यक्त गरेका छन्।

    उनले प्रशासन र उद्धारकर्ताहरूलाई घाइतेलाई तत्काल चिकित्सा सहायता प्रदान गर्न आदेश दिएका छन्। यसै गरी गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ताले चिलास अस्पतालमा आपतकाल लागु गरिएको घोषणा समेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार